• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपालमा रेड्बुलको उत्पादन तथा विक्री सुरु


  • धनकुटा खबर
  • .

काठमाडौं । खेतान समूहअन्तर्गतको सरस बेभरेजेजले थाईल्याण्डको लोकप्रिय इनर्जी ड्रिंक्स रेड्बुल नेपालको नवलपुरको अमरापुरीमा आफ्नै फ्याक्ट्री स्थापना गरी उत्पादन तथा बिक्रिवितरण सुरुवात गरिएको जानकारी गराएको छ । उक्त फ्याक्ट्री नेपालमा अतिलोक प्रिय रेडबुलको विश्वकै चौथो फ्याक्ट्री हो

मङ्सिर १९ गते नवलपुर स्थित फ्याक्ट्री उद्घाटन गर्दै अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरस बेभरेजेजको आफ्नै फ्याक्ट्रीबाट रेडबुलको उत्पादन सुरु गरेकोमा बधाई तथा शुभकामना दिएका थिए । उक्त अवसरमा बोल्दै मन्त्री महतले नेपालमा लगानीको वातावरण बन्दै गएकोमा निजी क्षेत्रको भरोसा प्रति सरकार प्रतिबद्ध रहेको विचार व्यक्त गरेका थिए ।

एकैदिन फ्याक्ट्री उद्घाटन र साँझ काठमाडौँमा रेडबुल पुनरागमनको कार्यक्रममा रेडबुल थाईल्याण्ड टीसिपीका सीईओ सरभूतयुविध्याले विश्वका धेरै देशमा रुचाइएको रेडबुल नेपाली उपभोक्तामाझ पुनः ल्याउन पाएकोमा खुशी व्यक्त गरे । उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै सरस बेभरेजेजका सीइओ पवन जगेटीयाले आमन्त्रित स्वदेशी तथा विदेशी अतिथिलाई स्वागत गर्दै जर्मन प्रविधिबाट उत्पादित रेड्बुलको गुणस्तर विश्वस्तरको रहेको र स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने बताए ।

पहिलो चरणमा विगतमा लोकप्रिय रहेको २५० एमएलको पहेंलो रेडबुलको मूल्य प्रतिक्यान रु ११० रहने, र उपभोक्ताले निकै प्रतीक्षा गरेको रेडबुलको वितरणका लागि नेपालभर ठुलो वितरण सञ्जाल विकास भइसकेको जानकारी गराए । नेपालकै प्रतिष्ठित सांगीतिक समुह कुटुम्ब, नेपालको चर्चित नृत्य समूह वाईल्ड रिपर्ज तथा किरण नेपालीको “फल्कट्रनिक्स्”ले उक्त कार्यक्रमलाई थप रोमाञ्चक बनाएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖