• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

बालाचतुर्दर्शीका दिन पशुपतिनाथ क्षेत्रमा महादीप प्रज्वलन गर्न नदिने कोषको निर्णयको विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिद्वारा विरोध


  • धनकुटा खबर
  • .

काठमाडौं, २१ मंसिर । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले बालाचतुर्दर्शीको अघिल्लो रात त्रयोदशीका दिन पशुपतिनाथ क्षेत्रमा रात दीप, महादीप प्रज्वलन गर्न नदिने भनेर पशुपति क्षेत्र विकास कोषले गरेको निर्णयको विरोध गरेको छ ।

समितिका केन्द्रीय अध्यक्ष सागर थापाले हिजो (बुधबार) एक विज्ञप्ती जारी गर्दै कोषको उक्त निर्णय धर्मविरोधी भएको भन्दै तत्काल निर्णय फिर्ता लिन चेतावनी दिएका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ–‘कोषले परम्परा धर्मविरोधी निर्णय तत्काल खारेज नगरिए यही मंसिर २४ गते आइतबार त्रयादेशीका दिन कोषका अवरोध हटाउन संघ बाध्य हुनेछ । यसबाट पर्नजाने क्षतिको जिम्मेवार पनि कोष हुनेछ भन्ने चेतावनी दिन्छौं ।’ file photo

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖