• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

एनसेलविरुद्ध उच्च अदालतमा परेको रिटमा सुनुवाइ जारी


  • धनकुटा खबर
  • .

काठमाडौं,२१ मंसिर । नेपाल दूरसञ्चार प्राधिकरणको अनुमतिविनै आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर बेच्ने एनसेलको घोषणाविरुद्ध उच्च अदालत पाटनमा दर्ता भएको रिटमा सुनुवाइ जारी रहेको छ ।

एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले दायर गरेको रिट उच्च अदालत पाटना न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासमा सुनुवाइ भईरहेको हो । रोकायले बुधबार रिट दायर गरेका हुन् ।

रिटमा एनसेलको सेयर ब्रिकी शंकास्पद भएको भन्दै अुनसन्धानका लागि पनि आदेश माग गरिएको छ।

पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १।३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्नेगरी भएको ब्रिकी शंकास्पद भएको रिटमा उल्लेख गरिएको छ।

यसअघि एनसेलविरुद्ध ३ वर्षअगाडिनै सर्वोच्च अदालतमा रिट परेको थियो । रिट मंगलबार सुनुवाइ हुने भनिएपनि स्थगित सूचीमा परेको थियो ।अब उक्त रिटमा फागुन १५ गते सुनुवाइ हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖