• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

०.४९ प्रतिशत ब्याजदरमै राष्ट्र बैंकमा निक्षेप राख्दै बैंक, शुक्रबार २५ अर्ब तरलता खिच्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पनि बैंकहरु ०.४९ प्रतिशत ब्याजदरमा नै राष्ट्र बैंकमा निक्षेप राख्न तयार भएका छन् । बुधबार र बिहीबार लगातार दुई दिन निक्षेप संकलन उपकरण मार्फत ३५ अर्ब रुपैयाँ तरलता खिचिसकेको केन्द्रीय बैंकले शुक्रबार पनि थप २५ अर्ब तरलता खिच्ने भएको छ ।

बिहीबार राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिच्न २५ अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गरेको थियो । जसमा बैंकहरुले ०.४९ प्रतिशत ब्याजदरमै निक्षेप राख्न प्रस्ताव पेश गरेका छन् । २५ अर्बको निक्षेप संकलन उपकरणमा बैंकहरुले ६४ वटा प्रस्ताव पेश गर्दै ४६ अर्ब ७० करोडको लागि आवेदन दिएका हुन् ।

जसमा न्यूनतम ०.४९ प्रतिशत ब्याजदर र अधिकतम १ प्रतिशत ब्याजदरको प्रस्ताव गर्दा ०.८३४९ प्रतिशत औसत ब्याजदर कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बुधबार १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गर्दा औसत ब्याजदर ०.७०४८ प्रतिशत कायम भएको थियो ।

जसमा बैंकहरुले अधिकतम ब्याजदर ०.८४९९ प्रतिशत र न्यूनतम ब्याजदर ०.५८९७ प्रतिशत प्रस्ताव गरेका थिए । बुधबारको भन्दा बिहीबार औसत ब्याजदर केही बढे पनि न्यूनतम ब्याजदर भने घटेको छ । १० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल हुँदा ३७ वटा आवेदनमा ३६ अर्ब ९५ करोडको प्रस्ताव परेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖