• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

गठबन्धनको काम एमालेको खेदो खन्ने हो, एमालेको काम देश बनाउने हो : ओली


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सरकारमा हुँदा विकास निर्माणका क्षेत्रमा नयाँ नयाँ काम गरेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा शुक्रबार बिहान पोखराको तालचोकमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेले सरकारमा हुँदा पुराना संरचनालाई पनि नयाँ ढङ्गले विकास गरेको बताए । पूर्व–पश्चिम राजमार्गको स्तरोन्नतिका साथै मध्यपहाडी लोकमार्ग लगायतका नयाँ नयाँ सडक संरचना एमालेको पालामा विकास भएको उनको भनाइ छ । एमालेको पालामा, सडक, पुल, अस्पताल, रेलदेखि पानी जहाजसम्मको काम अघि बढेको ओलीले सुनाए ।

नेकपा एमालेको पालमा सबैभन्दा छिटो विकासले गति लिएको नेपाल अढाई वर्षकै बिचमा विश्वको गरिब मुलुक बन्न पुगेको ओलीले बताए । एमालेले सुरु गरेको विकास निर्माणको काम अहिले ठप्प भएको भन्दै उनले चिन्ता व्यक्त गरे।

निर्माणको कामलाई छिटो भन्दा छिटो टुङ्ग्याउनु पर्ने, पर्यटन र कृषिलाई आधुनिकीकरण गर्नुपर्ने र हरेक पेसा व्यवसायलाई अघि बढाउनु पर्ने ओलीले बताए । ‘हामीले बनाउनु पर्छ हाम्रो देश, हाम्रो देश बनाउन हामीले हाम्रो देशको युवा शक्तिलाई देश भित्रै राख्नु पर्छ’, उनले भने ।

यात्राको क्रममा नागरिकबाट आएका सुझाव सुन्दै ध्यानाकर्षण पत्र बुझ्दै आफूहरू अघि बढेको ओलीले बताए । यात्रा सम्पन्न भएपछि ती सबै कुराहरूलाई केलाएर एमालेले मध्य पहाडका समस्या समाधानको योजना बनाउने उनले प्रष्ट पारे । ‘एमाले बाहेक अरू कसैले यो देश बनाउन सक्दैन’, उनले भने ।
अहिलेको सरकारमा हुनेहरूबाट देशको लागि कुनै काम हुन नसक्ने उनले प्रष्ट पारे । त्यस कारण देशमा एमालेको खाँचो भएको उनले दाबी गरे । ‘उनीहरूको काम एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो, राष्ट्रियताको सवालमा उनीहरूले सिर निहुराउने हो, अरू केही गर्दैनन्’, ओलीले भने ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली संकल्प यात्रामा छ ।बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖