• Thursday 8th of October 2026

नेपालको खराब ब्याटिङ, ४६ रन बनाउँदा ५ खेलाडी आउट, देव खनालले १ रन पनि जाेड्न सकेनन्


  • धनकुटा खबर
  • .

काठमाण्डाै – एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले खराब ब्याटिङ गरेकाे छ ।

दुबईकाे आईसीसी एकेडेमी ओभल–२ मा टस हारेर ब्याटिङ गरिरहेकाे नेपालले १७ ओभरमा ४६ रन बनाउँदा ५ विकेट गुमाएकाे छ । नेपालका अर्जुन कुमाल सर्वाधिक २१ रन बनाएर आउट भए ।

यस्तै तिलक भण्डारी ७, आकाश त्रिपाठी ६, गुल्शन झा १ कप्तान देव खनाल शून्य रनमा आउट भए ।

अहिले क्रिजमा उत्तम मगर र दिपेश कँडेल छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖