• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री प्रचण्डलाई खाना खुवाउँदै भादा होम स्टेका अध्यक्षले यस्तो भनेपछि…


  • धनकुटा खबर
  • .

कैलाली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भादा होमस्टेका अध्यक्ष लक्ष्मी चौधरीले तीन माग राखेका छन् ।

धनगढी उपमहानगरपालिका १६ स्थित आफ्नो घरमा खाना खुवाउँदै उनले त्यस क्षेत्रको बिकास र पर्यटन प्रवर्द्धनका लागी माग राखेका हुन् ।

उनले प्रधानमन्त्रीलाई भादामा रहेको जोगनिया ताललाई पर्यटकिय स्थल बनाउनु पर्ने, स्वच्छ खानेपानीको लागि ट्याङ्की निर्माण गरिदिनु पर्ने र थारु सङ्ग्रह निर्माण गर्न आग्रह गरेका हुन् ।

जवाफमा प्रधानमन्त्रीले सबै माग सम्बोधन गर्ने बताए । भादा होम स्टेका अध्यक्ष चौधरी अघिल्लो कार्यकालका वडाध्यक्ष पनि हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖