• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

चार उपसचिव बढुवाका लागि सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौं । चार जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले नेपाल इन्जिनियरिङ सेवातर्फ चार जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको हाइवे उपसमूहतर्फका उपसचिव नरेन्द्र सुवेदी र दिप बाराही सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

दुई जना सहसचिवमा बढुवाका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । जसमा कृष्णराज पन्थ, रबिन्द्रलाल दास र राजेशप्रसाद पौडेलले उम्मेदवारी दिएका थिए ।

यस्तै नेपाल इन्जिनियरिङ सेवाको सिभिल इन्जिनियरिङ समूहको स्यानिटरी उपसमूहतर्फका उपसचिव नारायणप्रसाद आचार्य र टिकाबहादुर चौधरी सहसचिवमा बढुवाका लागि सिफारिस भएका हुन् ।

दुई पदका लागि पाँच जनाले नै उम्मेदवारी दिएका थिए । अन्य उम्मेदवारी दिनेमा जगरनाथ दास, पुर्णप्रसाद उपाध्याय र देवेन्द्रकुमार झा रहेका थिए ।

सहसचिव बढुवाका लागि सिफारिस भएकामाथी चित्त नबुझेमा अबको ३५ दिनभित्र बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने छ । यदि कोहि कसैको उजुरी नपरेमा दुबै जनालाई सरकारले सहसचिवमा बढुवा गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖