• Thursday 8th of October 2026

पाकिस्तान विरुद्ध गुल्सनले दिलाए नेपाललाई पहिलो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौं,२२ मंसिर । एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत नेपालले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानलाई पहिलो झट्का लागेको छ ।

पहिलो ओभरको तेस्रो बलमा नेपाली बलर गुल्सन झाले विकेट लिएका हुन् । उनले पाकिस्तानी ओपनर ब्याट्सम्यान सामल हुसैनलाई शून्य रनमै आउट गराए । गुल्सनले आफुले गरेको बलिङमा आफैले क्याच लिएका थिए ।

ताजा अवस्थामा पाकिस्तानले ४ ओभरमा १ विकेट गुमाएर १७ रन जोडेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖