• Thursday 8th of October 2026

नेपालमा रोनाल्डो ल्याएर फुटबल खेलाउँछु


  • धनकुटा खबर
  • .

काठमाडौँ । पोर्चुगलका लागि संसदीय समितिबाट अनुमोदित भएका राजदूत सनिल नेपालले नेपालमा पोर्चुगलका फुटबल खेलाडी ल्याउने कार्ययोजना प्रस्तुत गरेका छन् ।

शुक्रबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरुसमक्ष आफ्नो कार्ययोजना प्रस्तुत गर्दै नेपालले नेपालमा जलवायू परिवर्तनबाट हिमालमा हिउँ कम हुँदै गएको देखाउन पोर्चुगलका राष्ट्रिय फुटबल खेलाडीलाई नेपाल बोलाएर नेपाली खेलाडीसँग खेलाउने कार्ययोजना प्रस्तुत गरेका हुन । यसबाट नेपाली खेलाडीहरुको कार्यक्षमता समेत अभिवृद्धि हुने उनको भनाई थियो ।

साथै संसदीय समितिबाट अनुमोदित राजदूत नेपालले पोर्चुगलबाट भारतको गोवामा आउने पर्यटकहरुलाई नेपालसम्म ल्याउने कार्ययोजना समेत सुनाएका छन् । उनले ‘समुन्द्रदेखि सगरमाथासम्म’ भन्ने नाराका पोर्चुगलबाट भारतको गोवामा आएका पोर्चुगलका पर्यटकलाई नेपाल भित्राउनका लागि पहल गर्ने बताएका हुन । भारतको गोवामा वर्षेनी हजारौं पोर्चुगलका पर्यटक आउने गरेको बताउँदै उनले ती पर्यटकलाई नेपाल भित्राउन आफूले पहल गर्ने बताएका हुन ।

यस्तै उनले पोर्चुगल कृषि क्षेत्रमा नविन प्रविधि प्रयोगमा अब्बल रहेको बताउँदै त्यहाँको कृषि उत्पादनको प्रविधि नेपाल भित्राउनका लागि पहल गर्ने बताएका छन् । साथै पोर्चुगलमा रहेका नेपालीहरुको हक हित र सेवा प्रवाहका लागि आफूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नेपालले बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖