• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

आज बागमती प्रदेश गर्दै एमालेको समृद्धिका लागि संकल्प यात्रा


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर २३ । बैतडीको झुलाघाटदेखि शुरु भएको नेकपा (एमाले) को समृद्धिका लागि संकल्प यात्रा आज बागमती प्रदेश गर्दैछ। पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार गएराति गोरखामा बास बसेको टोली शनिबार बिहान धादिङ प्रवेश गर्न लागेको हो।

आजको सभा नुवाकोटको विदुरमा हुने एमालेले जनाएको छ। मंसिर १४ गतेखेखि सुरु भएको एमालेको यो अभियान बैतडीको झुलाघाट, डडेल्धुरको बागबजर, डोटीको सिलगढी, अछामको मंगलसेन, दैलेख हुँदै कर्णाली प्रदेश प्रवेश गरेको थियो ।

कर्णाली प्रदेश अन्तर्गतको मध्यपहाडी मार्गबाट अघि बढेको टोली लुम्बिनीका मध्यपहाडी जिल्ला हुँदै विहीबार गण्डकी प्रदेशको राजधानी पोखरा हुदै गोरखा पुगेको हो । यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖