• Sunday 4th of October 2026

एसिया कप : पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्दै भारत


  • धनकुटा खबर
  • .

क्यान्डी । एसिया कपमा दुई चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । खेलमा टस जितेर भारतले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।

टसमा बोल्दै भारतीय कप्तान रोहित शर्माले आफ्नो टोली चुनौतीको सामना गर्न तयार रहेको बताए । उनले बैंग्लोरमा छ दिनको क्याम्पको आयोजना गरेको जानकारी दिँदै आज के गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने जिकिर गरे ।

उता पाकिस्तानका कप्तान बाबर आजमले पनि आजको खेलमा आफूले पहिले ब्याटिङ नै गर्न चाहेको खुलाए । आफूहरूले यहाँ धेरै क्रिकेट खेलेको बताउँदै यहाँको अवस्थाको बारेमा जानकार रहेको बताए ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖