• Sunday 4th of October 2026

एमाले केन्द्रीय सदस्य महरलाई डेंगु संक्रमण


  • धनकुटा खबर
  • .

बझाङ । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई डेंगु संक्रमण देखिएको छ । बझाङ निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज समेत रहेका महरलाई डेंगु संक्रमण पुष्टि भएको हो ।

चैनपुरमा रहेको जयपृथ्वी अस्पतालमा भर्ना गरिएका महरलाई डेंगु रोगले च्यापेपछि शनिबार थप उपचारका लागि काठमाडौं लगिदै छ ।

अनेरास्ववियुका पूर्व अध्यक्ष समेत रहेका महर जिल्ला कमिटीको बैठक तथा प्रशिक्षक÷प्रशिक्षण कार्यक्रमहरुमा सहभागी हुन गत ७ गते बझाङ आएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖