• Thursday 8th of October 2026

भारतले पाकिस्तानलाई दियो २६० रनको लक्ष्य


  • धनकुटा खबर
  • .

एसिसी यू-१९ एसिया कपमा भारतले पाकिस्तानलाई २६० रनको लक्ष्य दिएको छ।

दुबईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ९ विकेटको क्षतिमा २५९ रन जोड्यो।

भारतका लागि ओपनर आदर्श सिंहले ६२ रन जोडे भने कप्तान उदय सहरनले ६० रन बनाए।

यस्तै सचित दासले ५८ रनको योगदान गरे।

बलिङमा पाकिस्तानका मोहमद जीशनले ४ विकेट लिए।

समूह ‘ए’ मा रहेका भारत र पाकिस्तानले यसअघि पहिलो खेलमा जित निकालेका थिए। भारतले अफगानिस्तान र पाकिस्तानले नेपाललाई पराजित गरेका थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖