• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

महासमितिबारे छलफल गर्न देउवाले बोलाए कार्यसम्पादन समिति


  • धनकुटा खबर
  • .

२५ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । सभापति देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

बैठकमा महासमिति बैठकको तयारी, जाजरकोट भूकम्प, समसायीक राजनीतिकका सम्बन्धमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए ।

कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको छ । कांग्रेस नेताहरुका अनुसार सभापति देउवा महासमिति बैठक सार्ने पक्षमा छन् । जाडोको कारण देखाएर महासमिति बैठक सार्ने जोडबलमा देउवा रहेको नेताहरुको दाबी छ ।

कांग्रेस विधान अनुसार कार्यसम्पादन समिति ४६ जनाको हुने व्यवस्था छ । सभापति देउवाले ३७ जनाको कार्यसम्पादन समिति बनाएका छन् । प्रत्येक महिना बस्नुपर्ने कार्यसम्पादन समितिको बैठक विधान अनुसार भने बस्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖