• Thursday 8th of October 2026

आईपीएलको अक्सन, नेपाली खेलाडी छैनन्


  • धनकुटा खबर
  • .

काठमाडौं । फ्रेन्चाइज क्रिकेट इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को खेलाडी अक्सन सूची सार्वजनीक भएको छ ।

सन् २०२४ को प्रतियोगिताका लागि ३ सय ३३ खेलाडीलाई समावेश गर्दै खेलाडीको सूचि सार्वजनीक गरिएको हो ।

दुबईको कोकाकोला एरिनामा डिसेम्बर १९ मा हुने अक्सनका लागि खेलाडीको सूचि सार्वजनीक गरिएको छ ।

सूचिमा ३ सय ३३ खेलाडी छन् । जसमा २ सय १४ खेलाडी भारतबाट र १ सय १९ खेलाडी अन्य देशका छन् । जम्मा २ जना खेलाडी एसोसियट देशबाट रहेका छन् ।

आईपीएलमा जम्मा ७७ खेलाडीको कोटा खाली छ । जसमा ३० कोटा भारत बाहिरका खेलाडीलाई छ ।

सूचिमा रहेका २३ खेलाडीको मुल्य २ करोडबाट सुरु हुनेछ । सूचिमा रहेका १३ खेलाडीको मुल्य साढे १ करोड भारतीय रुपैयाँबाट सुरु हुनेछ ।
आईपीएलको प्रारम्भिक सूचिमा ९ सय ९१ खेलाडी समावेश थिए ।

अन्तिम सूचिमा नेपालबाट कुनैपनि खेलाडी परेका छैनन् । स्रोतका अनुसार केही खेलाडीको नाम प्रारम्भिक सूचिमा समावेश गरिएको थियो । तर अन्तिम सूचिमा कुनैपनि खेलाडीले स्थान बनाउन सकेनन् ।

नेपालबाट दर्ता भएका नामका बारेमा कुनैपनि आधिकारिक निकायले सार्वजनीक रुपमा पुष्टि गरेका छैनन् । पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा नेपालले प्राप्त गरेको सफलता र खेलाडीको प्रर्दशनका आधारमा केही खेलाडी अन्तिम सूचिमा पर्न सक्ने अपेक्षा गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖