• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

छोराको कुटपिटबाट आमाको मृत्यु


  • धनकुटा खबर
  • .

भोजपुर : आफ्नै आमाको हत्या गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन् । छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावा बस्ने ४६ वर्षीया पवित्रा देवी राईको मृत्यु भएको हो ।

घरायसी विवादका कारण उनकै छोरा २० वर्षीय सन्देश राईले मङ्सिर ९ गते कुटपिट गरेको र सोही कारण बिरामी भएकी पवित्राको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अभियुक्त सन्देशलाई प्रहरीले पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖