• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

ललितपुरको झम्सीखेलमा गोली चल्यो


  • धनकुटा खबर
  • .

ललितपुर । ललितपुरको झम्सीखेलमा मंगलबार गोली चलेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालयको टोलीले लागूऔषध कारोबारीलाई पक्राउ गर्ने क्रममा गोली चलाएको हो ।

एसपी रवीन्द्र रेग्मीका अनुसार एकजना लागूऔषध कारोबारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर घर भएका अविनाश राई रहेका छन् ।

घाइते भएका राईलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको साथबाट लागूऔषधसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖