• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कोशीका मुख्यमन्त्री कार्कीलाई दमकमा अवरोध, पहिचानवादीले गाडीमा ढुंगा हाने


  • धनकुटा खबर
  • .

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई झापाको दमकमा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् ।

दमक नगरपालिकाले आयोजना गरेको लागुऔषधसम्बन्धी कार्यक्रम सहभागी हुन गएका मुख्यमन्त्री कार्कीका विरुद्ध नाराबाजी गर्दै आक्रमणको प्रयास भएको हो ।

उनको गाडीमा ढुङ्गासमेत हानिएको छ । मुख्यमन्त्री कार्कीमाथि आक्रमणको प्रयास भए पनि प्रहरीले अवरोध खुलाएको छ ।

एक दर्जनको सङ्ख्यामा रहेका पहिचानवादीहरूले मुख्यमन्त्री कार्कीविरुद्ध नाराबाजी गरेका छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलावल्लभ घिमिरेले अहिले अवस्था सामान्य भएको बताएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖