• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

‘बिहे-पार्टीमा आइन ठूली भई’ नभन्नुहोला, भोलि फेरि जाजरकोट जाँदै छु : तोसिमा


  • धनकुटा खबर
  • .

रास्वपा सांसद तोसिमा कार्की मंगलबार पुनः जाजरकोट जाने भएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सो जानकारी दिएकी हुन् ।

मंसिर महिनामा आफूलाई धेरैले बिहेमा निम्तो दिएको, तरलगभग कुनैमा पनि पुग्न नसकेको भन्दै उनले मन नदुखाउन आग्रह गरेकी छिन् । जाजरकोटबाट फर्किएपछि ३–४ दिनमा ललितपुरका चुनिखेल, ठेचो, हरिसिद्दी, सुनाकोठी, नखिपोटमा स्थानीयमाझ पुगेको र २–३ वटा महत्वपूर्ण बैठक, कार्यक्रम र खबरदारी गरेको उनले जानकारी दिएकी छिन् ।

‘माफ गर्नुहोला, धेरै बिहेको निम्तोका कार्डहरु थाती राखेर भोलि बिहानै फेरि जाजरकोट जाँदै छु, केही थप तयारीका साथ,’ उनले लेखेकी छिन्, ‘हामीले त्यत्रो भोट देको, जिताको, तर बिहेमा पार्टीमा बोलायो कहिल्यै आउँदिन साह्रै ठूली भई नभन्नुहोला है ! मेरो शुभकामना सधैँ छ्र ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖