• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

उखुको मूल्य प्रतिक्विन्टलमा २५ रुपैयाँ बढाउने सहमति


  • धनकुटा खबर
  • .

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले उखुको मूल्य प्रतिक्विन्टल २५ रुपैयाँ बढाउन त्रिपक्षीय सहमति गरेको छ । केही दिनअघि प्रतिकिलोमा ११ पैसामात्रै बढाएका कारण उखु किसान आक्रोशित भएपछि सरकारले उखुको भाउ बढाएको हो ।

नेपाल चिनी उत्पादक संघका अध्यक्षा शशिकान्त अग्रवालले किसान, उद्योगी र मन्त्रालयबीच सोमबार उखुको मूल्यवृद्धिमा सहमति भएको जानकारी दिए । उद्योगीले प्रतिक्विन्टलमा २० रुपैयाँमात्रै बढाउने अडान लिए पनि किसानको मागबमोजिम २५ रुपैयाँमा सहमति गरिएको अग्रवालले आर्थिकन्यूजलाई बताए ।

नयाँ समर्थन मूल्यसँगै प्रतिक्विन्टल उखुको मूल्य साविक अनुदान समेत जोड्दा ५६५ रुपैयाँ हुन आउँछ । त्रिपक्षीय सहमतिअनुसार उखुको मूल्य तय भएको भनिए पनि समर्थन मूल्यबारे भने मन्त्रिपरिषद्‌ले निर्णय गर्नुपर्छ । मन्त्रालयले उखुको नयाँ समर्थन मूल्यदर स्वीकृतिका लागि मन्त्रिपरिषद्‌मा पठाएको छैन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖