• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

धरानका मेयर साम्पाङले भेटे प्रधानमन्त्री दाहाल


  • धनकुटा खबर
  • .

काठमाडौं, २६ मंसिर । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री दाहाललाई भेट्न उनी आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । उपमहानगरका प्रतिनिधिहरुसहित उनी प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगेका थिए ।

सो क्रममा उनले धरानको समग्र विकासका एजेण्डाबारे छलफल गरेका हुन् । उनले खानेपानीको समस्याको स्थायी समाधानको लागि केन्द्रबाट सहयोग हुनुपर्ने, धरानमा एयरपोर्ट निर्माणलगायतका विषयमा प्रधानमन्त्री दाहालको सहयोग मागेका थिए ।

प्रधानमन्त्री दाहालसँगको भेटवार्तालगत्तै उनी सिंहदरबार पुगेका थिए । सो क्रममा उनले भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ चौधरी र शहरी विकासमन्त्री सिता गुरुङसँग समेत भेटवार्ता गरेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖