• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मेयर र उपमेयरका समर्थकबीच कुटाकुट…


  • धनकुटा खबर
  • .

वीरगन्ज। वीरगन्ज महानगरपालिका मेयर र उपमेयरका सचिवालय समर्थकहरुबीच कुटाकुट भएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयको विषयलाई लिएर विवाद उत्पन्न हुँदा मेयर राजेशमान सिंह र उपमेयर इम्तेयाज आलमको सचिवालयका समर्थहरुबीच कुटाकुट भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत बस्ने कोठामा ताल्चा लगाएर आफ्नो सचिवालय बनाउने तयारी उपमेयरको सचिवालयले गरेको थियो ।तर, मंगलबार अचानक केही वडाअध्यक्षहरुसहितको टोलीले प्रमुख प्रशासकीय अधिकृत त्यो कोठामा लगाइएको ताल्चा फुटाएर पञ्जीकरण शाखाको सामान लैजान लागेका थिए ।यही क्रममा विवाद उत्पन्न भएपछि मेयर र उपमेयर सचिवालयका समर्थकबीच कुटाकुट भएको प्रत्यक्षदर्शी बताउँछन् ।

महानगरपालिकामा विवाद चर्किँदै गएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी समेत परिचालन गरिएको थियो । उत्पन्न विवाद प्रहरी पुगेपछि साम्य बनेको पर्सा प्रहरीले बताएको छ । पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले प्रहरी पुगेपछि नगरपालिकामा कुनै किसिमको विवाद नरहेको बताए ।

प्रमुख प्रशासकीय अधिकृत बस्ने कार्यालयमा पञ्जीकरण शाखा राख्न खोजेपछि विवाद सुरु भएको थियो । मेयर सिंह नयाँ भवनमा गएपछि उनी बस्ने पहिलाको कोठामा प्रमुख प्रशासकीय अधिकृत अहिले सरेका छन् ।

२०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा वीरगन्जमा मेयरबाट सत्ता गठबन्धनका तर्फबाट जसपाका नेता राजेशमानसिंह निर्वाचित भएका छन् भने उपमेयरमा नेपाली काँग्रेसका इम्तीयाज आलम निर्वाचित भएका हुन् । निर्वाचित भएपछि नै मेयर र उपमेयरकाबीचमा महानगरमा समस्या रहेको र पछिल्लो समय यो विवाद सतहमा आएको महानगर श्रोतले बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖