काठमाडौं । श्रीलंकाको युनियन बैंक अफ कोलम्बो (युबिसि) को बहुमत शेयर खरिद गरेको सिजी क्यापिटल पार्टनर्स प्रालिले युबिसिको सहायक कम्पनी युबि फाइनान्सको बोर्डमा एक नेपाली सहित दुईजनालाई प्रतिनिधि पठाएको छ। चौधरी समूहले भारतीय नागरिक मलेय मुखर्जीलाई सञ्चालक समिति अध्यक्ष र सञ्जय पोखरेललाई गैर स्वतन्त्र निर्देशकको रुपमा सञ्चालक समितिमा नियुक्त गरेको हो ।
IME Life
श्रीलंकाको बैंकमा चौधरी समूहले पठायो नेपाली नागरिक, सञ्जय पोखरेल बने सञ्चालक
SPIL
इन्स्योरेन्स खबर
प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १९:४४
facebook sharing button messenger sharing button twitter sharing button whatsapp sharing button viber sharing button
Sanima Reliance
GBIME
समाचार सुन्नुहोस्
काठमाडौं । श्रीलंकाको युनियन बैंक अफ कोलम्बो (युबिसि) को बहुमत शेयर खरिद गरेको सिजी क्यापिटल पार्टनर्स प्रालिले युबिसिको सहायक कम्पनी युबि फाइनान्सको बोर्डमा एक नेपाली सहित दुईजनालाई प्रतिनिधि पठाएको छ। चौधरी समूहले भारतीय नागरिक मलेय मुखर्जीलाई सञ्चालक समिति अध्यक्ष र सञ्जय पोखरेललाई गैर स्वतन्त्र निर्देशकको रुपमा सञ्चालक समितिमा नियुक्त गरेको हो ।
पोखरेल, एक अनुभवी सिएफए र चार्टर्ड एकाउन्टेन्ट, लगानी व्यवस्थापन, मर्जर र एक्विजिसन र सम्पत्ति व्यवस्थापनमा विशेषज्ञता प्राप्त छ। हाल दुबईमा सिजी समूहको प्रमुख वित्त अधिकृतको रूपमा जिम्मेवारी सम्हालि रहेका छन्। उनको विविध अनुभव नेपाल सोसल बिजनेश, सिजी पे र सिजीले हालै सुरु गरेको फाइबरमा आधारित दूरसञ्चार सेवा जस्ता अग्रणी उद्यममा फैलिएको छ। सीजीमा आबद्ध हुनु अघि, पोखरेलले लगानी व्यवस्थापन कम्पनी वन टु वाच नेपाल (प्रा.) लिमिटेडमा लगानी अधिकृतको रूपमा काम गरेका थिए।
सञ्चालक समिति अध्यक्ष नियुक्त गरिएका मुखर्जी नबिल बैंक लिमिटेडको सञ्चालक समेत हुन् । मुखर्जीसँग जोखिम, लेखापरीक्षण र सूचना प्रविधिको क्षेत्रमा ४२ वर्षभन्दा बढीको अनुभव छ। बनारश हिन्दू विश्वविद्यालय भारतबाट भौतिकशास्त्रमा मास्टर अफ साइन्स (एमएससी) को उपाधी हासिल गरेका उनले भारतीय बैंकिङ एण्ड फाइनान्स इन्स्टिच्युटबाट बैंकिङ र फाइनान्समा मानार्थ फेलोशिप पनि पाएका छन्। उनी हाल शिवालिक स्मॉल फाइनान्स बैंक इण्डिया र दिलीप बिल्डकन लिमिटेड इण्डियाका लागि स्वतन्त्र निर्देशकको रूपमा कार्यरत छन् ।मुखर्जीले एसियाली विकास बैंकको सल्लाहकारको रूपमा पनि काम गरेका छन्।
चौधरी समूह अन्तर्गतको सिजि क्यापिटल पार्टनर्सको मुख्यालय दुबईमा छ।-इन्स्योरेन्स खबरक