काठमाडौं । ललितपुर जिल्लामा जुवाडे, टोले गुण्डा र लागूऔषध कारोबारीहरूलाई बिगबिगी भइरहेका बेला प्रहरीले गोली हानेर टोले गुण्डा ४५ वर्षीय अविनाश राईलाई पक्राउ गरेको छ ।
मंगलबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले राईलाई गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ । लागुऔषध कारोबारी राईलाई प्रहरीले झम्सीखेलमा गोली हानेको हो ।
राईले प्रहरीमाथि आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । उदयपुर घर भएका राई आइसड्रगका मुख्य कारोबारी भएको सूचनाका आधारमा प्रहरी पक्राउ गर्न गएको ५ । बरामद लागुऔषधको अवैध बजार मूल्य करिब ५५ लाख रुपियाँ रहेको प्रहरीले जनाएको छ ।
राईको साथबाट प्रहरीले आइस ड्रग बरामद गरेको जनाएको छ । राईको दाहिने खुट्टामा गोली लागेको छ । राईको साथबाट एउटा पेस्तोल पनि बरामद भएको छ । प्रहरीको गोली लागेर घाइते भएका राईलाई अस्पताल भर्ना गरिएको छ ।
