एजेन्सी – विकेटकिपर ईशान किशनले एसिया कपमा पाकिस्तानविरुद्ध कठिन अवस्थाबाट महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले २९ ओभरमा ४ विकेट गुमाउँदै १ सय४७ रन बनाएको छ ।
ईशान किशन ५७ बलमा ७ चौका र १ छक्कासहित ५५ रनमा क्रिजमा छन् । किशनले ५४ बलमा अर्धशतक पूरा गरेका थिए । हार्दिक पान्ड्या ४८ बलमा ३ चौकासहित ३७ रनमा क्रिजमा छन् । एक समय १४.१ ओभरमा ६६-४ को अवस्थामा पुगेको भारतलाई किशन र पान्ड्याले ८१ रनको साझेदारी गर्दै खेलमा फर्काएका छन् ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा बोल्ड आउट गरे । भारतका प्रमुख ब्याटर विराट कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा बोल्ड आउट भए । अफ्रिदीको बलमा एज लाग्दै विराट बोल्ड आउट हुन पुगेका थिए । त्यसअघिको ओभरमा अफ्रिदीले कप्तान रोहित शर्मालाई सानदार बोल्ड आउट गरेका थिए ।
हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए । रौफको दशौं ओभरको पाँचौं बलमा श्रेयस ऐर मिड विकेटमा उत्कृष्ट आउट आउटको शिकार हुन पुगे । चोटबाट फर्किएका ऐर पनि धेरै समय क्रिजमा बिताउन सकेनन् । हरिस रौफले युवा ओपनर शुभमन गिललाई १० रनमा बोल्ड आउट गरेका थिए ।
