• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

खाण छुट्लान् कि थुनामै रहलान् ?


  • धनकुटा खबर
  • .

यतिखेर सारा नेपालीको आँखा मंसिर २८ को अदालती सुनुवाइतर्फ मोडिएको छ । उक्त दिन पूर्वगृहमन्त्री बालकृष्ण खाणको मुद्दा उच्च अदालत पाटनको तेस्रो न्यायाधीशसमक्ष पेस गरिँदै छ । तेस्रो न्यायाधीशले पहिला आदेश गरेका २ न्यायाधीशमध्ये जसको आदेशलाई समर्थन गर्छन्, उसैको आदेश बहुमतको मानिन्छ । दुई आदेशकर्तामध्ये एकले खाणलाई थुनामै राखेर र अर्काले ३० लाख धरौटी मागेर तारिखमा बसी मुद्दा पुर्पक्ष गर्न दिने आदेश गरेका थिए ।

न्यायाधीशहरूबीच राय बाझिएको हुँदा नै तेस्रो न्यायाधीशको निर्णय कुर्नुपरेको हो । मंसिर २८ गते बिहान १० बजे गोला प्रथाबाट तेस्रो न्यायाधीश छानिने र उनले नै थप सुनुवाइ गरी बहुमतको आदेश जारी गर्ने व्यवस्था मिलाइएको छ । यस्तो मुद्दामा तेस्रो न्यायाधीश बन्न प्रायः कोही पनि उत्सुक हुँदैनन् ।

किनकि एकातिर जनभावना र देशको प्रतिष्ठा अनि अर्कोतिर राजनीतिक दबाब र आफ्नो भविष्य, नखाऊँ भने दिनभरको सिकार खाऊँ भने कान्छो बाबुको अनुहार भनेजस्तै हुन्छ । तथापि आदेश देश र जनताको हितमा आउने अपेक्षा गर्नु अन्यथा नहोला । जिल्ला अदालतले अभियुक्त बनाइएका सबैलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश गरेको थियो, जसलाई उच्च अदालत पाटनले केही परिवर्तन गरेको छ ।

तथापि खाणबाहेक मुख्य अभियुक्तहरू प्रायः धेरैलाई थुनामा राखेरै पुर्पक्ष गरिने भएको छ । अब खाणका हकमा तेस्रो न्यायाधीशले आफ्नो विवेक कसरी प्रयोग गर्छन् भन्ने विषय आमचासो छ ।
– गोपाल देवकोटा, गोकर्णेश्वर, काठमाडौं

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖