• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

शेखर समूहको बैठकमा पुगे गगन


  • धनकुटा खबर
  • .

काठमाडौँ : नेपाली कांग्रेसमा शेखर कोइराला समूहको भेला अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको छ। बैठकमा नेताहरू डा. शेखर, डा. मीनेन्द्र रिजाल, मन्त्री सुरेन्द्र आचार्य, सांसद सुनिल शर्मा, डा. चन्द्र भण्डारी, उपसभापति धनराज गुरुङ, बलबहादुर केसी, अर्जुननरसिंह केसी र जगदीशचन्द्र केसीलगायत नेता पुगेका छन्।

असन्तुष्ट भनिएका महामन्त्री गगनकुमार थापा पनि ढिलागरी बैठकमा पुगेका छन्। गगनलाई बैठकमा सहभागी गराउन नेता कोइरालाले मंगलबार तीन घण्टा लामो वार्ता गरेका थिए। पुस दोस्रो साताका लागि तय कांग्रेस महासमिति बैठक र समसामयिक राजनीतिबारे छलफल गर्न शेखर पक्षीय नेताहरु बत्तीसपुतलीमा भेला भएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖