• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

संखुवासभामा मोटरसाईकल दुर्घटनामा परि युवा संघ नेता लामाको मृत्यू


  • धनकुटा खबर
  • .

संखुवासभाको उत्तरी भोटखोलाबाट खाँदबारी आउँदै गरेको मोटरसाईकल मकालुमा दुर्घटना हुँदा भोटखोला गाउँपालिका- २ रुकुमाका एमाले युवा संघ नेता फुर्पु छिरिङ लामाको मृत्यू भएको छ ।

मकालु गाउँपालिका स्थित फ्याक्सिन्दा उकालो (हेदाङ्ना मुनी) मोटर साईकल दुर्घटना हुँदा कान्छा लामा भनिने फुर्पु छिरिङको मृत्यू भएको हो । लामा नेकपा एमालेको युवा संगठन युवा संघ नेपाल संखुवासभाको निवर्तमान सहसचिव रहेको नेकपा एमालेका नेता वाङ्दावी भोटेले जानकारी दिए ।

लामा मोटर साईकल चालकको पछाडी बसेका थिए । मोटर साईकल चालक भने सकुशल रहेको बताईएको छ । मृतकको शव अहिले नुमबाट खाँदबारी ल्याउने तयारी भईरहेको समेत नेता भोटेले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖