काठमाडौं— प्रहरी प्रधान कार्यालयको बढुवा समितिले पाँच सय १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी प्रहरी नायब निरीक्षक (सई)मा बढुवाको लागि सिफारिस गरेको छ ।
बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली २०७१ को नियम २७ को उप नियम ९४० अनुसार उनीहरुलाई सईमा बढुवाको लागि सिफारिस गरेको हो ।
बढुवा समितिले सूचना प्रकाशित गरी असईबाट सईमा बढुवा भएका पाँच सय १३ जनाको नाम सार्वजनिक गरेको छ।
