• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

महानगरले जफत गर्न थाल्यो लुकाएर राखेको सुर्तीखैनी


  • धनकुटा खबर
  • .

काठमाडौँ महानगरकाे प्रहरी बल सहितको टोलीले महानगरका विभिन्न ठाउँबाट सुर्ती, खैनी तथा गुट्खा र चुरोट जफत गरेको छ।
महानगरका स्वास्थ्य शाखाका प्रमुख राम प्रसाद पौडेलले मध्यान्हसम्म दुई बाेरा अर्थात ५० केजी बराबर सुर्तीजन्य पदार्थ जफत गरेको जानकारी दिए।

महानगरले सुर्तीजन्य पदार्थ बाहिर झुन्डाएको र भित्र लुकाएर राखेको अवस्थामा जफत गरेको हो। सूचना पाए पनि सुर्तीजन्य पदार्थ राखेको पाइएको नगर प्रहरीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्।

‘पहिलो पटकको लागि सुर्तीजन्य पदार्थ मात्र जफत गरेको र फेरी पाइएमा पसल बन्द गर्नेछौ’ महानगर प्रहरीले चेतावनी दिँदै भने।

काठमाडौँ महानगरका अनुसार ५० जना नगर प्रहरीको समूह सहित विभिन्न स्थानमा अनुगमन सुरु भएको हो। महानगरले केन्द्रीय सहित पाँच वटा टोली परिचालन गरेको छ। महानगरको दक्षिण, उत्तर, पश्चिम र पूर्व क्षेत्रमा भिन्न–भिन्नै टोली परिचालन गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖