काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले आफ्नो जन्मदिन शनिबार भैरहवाको मानव सेवा आश्रममा मनाउनुभएको छ ।
मानव सेवा आश्रममा आश्रय लिएर बस्नुभएका नागरीकालाई मिठाई खुवाएर पति केपी शर्मा ओलीसँगै उहाँले आफ्नो जन्मदिन मनाउनु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई सबैभन्दा नजिकबाट चिन्ने साथी भन्दै राधिकाको जन्मदिन भैरहवाको मानव सेवा आश्रममा मनाएको जानकारी दिनुभएको छ ।
पूर्व प्रधानमन्त्री पत्नी शाक्यलाई कुनै पनि छलकपट र आडम्बरी नदेखाउने शालीन र भद्र माहिलाको रूपमा लिइन्छ । उहाँको शालीनता, व्यवहारिकता र सामान्य जीवनको प्रशंसा हुने गरेको छ ।
