• Sunday 4th of October 2026

एसिया कप : पाकिस्तानसँग अंक बाँडेको भारतलाई हराए नेपाल सुपर फोरमा पुग्ने


  • धनकुटा खबर
  • .

एसिया कप क्रिकटमा गएराति चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीचको खेल रद्द भयो । वर्षाका कारण खेल रद्द भएसँगै दुवैले एक/एक अंक बाँडेका छन् ।

भारतसँग अंक बाँडे पनि पहिलो खेलमा नेपाललाई हराएको पाकिस्तान तीन अंकका साथ सुपर फोरमा पुगेको छ । भारतलाई भने सुपर फोरमा पुग्न आगामी खेल हार्न नहुने दबाब छ । भारतमाथि हार्न नहुने दबाब परिरहँदा नेपाललाई भने सुपर फोरमा पुग्ने अवसर हुनसक्छ ।

सोमवार हुने खेलमा नेपालले भारतलाई हराए सिधै सुपर फोरमा पुग्ने छ । समूह ए को अन्तिम नेपाल र भारतबीचको खेल सोमबार दिउँसो सवा ३ बजे शुरू हुनेछ ।

फेरि वर्षाका कारण खेल रद्द भएको अवस्थामा भने भारत नै सुपर फोरमा पुग्ने छ । नेपाल सुपर फोरमा पुग्न जीतबाहेक अन्य कुनै पनि विकल्प छैन ।नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖