• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

विवाहपञ्चमीमा १८ जना पाकेटमार पक्राउ


  • धनकुटा खबर
  • .

१ पुस, जनकपुरधाम। जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवमा पाकेटमारी तथा अबान्छित गतिविधि गर्ने १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भीडभाडको मौकाछोपी श्रद्धालुभक्तजनको पाकेट मार्ने तथा दुव्यवहार गर्ने १८ जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

दिउँसो १ बजेसम्म पक्राउ परेका उनीहरुलाई जनकपुरधामस्थित गोपाल धर्मशालामा प्रहरी यनिट स्थापना गरी राखिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएकोक छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖