• Thursday 8th of October 2026

बंगलादेशले जित्यो यू-१९ एसिया कप


  • धनकुटा खबर
  • .

घरेलु टिम युएईलाई १९५ रनले पराजित गर्दै बंगलादेशले एसिसी यू-१९ एसिया कपको उपाधि जितेको छ।

बंगलादेशले दिएको १८३ रनको लक्ष्य पछ्याएको युएई २४.५ ओभरमा ८७ रनमै अलआउट भयो।

युएईका ध्रुव परासरले सबैभन्दा बढी नटआउट २५ रन जोडे। अक्षत राइले ११ रन जोड्दा अरु कुनै पनि ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङमा बंगलादेशका मारुफ मृधा र रोहनत बोरसनले ३-३ विकेट लिए। इकबाल हुसेन र शिख जिबोनले २-२ विकेट हात पारे।

आइतबार दुबईमा घरेलु टिमले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ८ विकेटको क्षतिमा २८२ रन जोड्यो।
बंगलादेशका लागि ओपनर अशिकुर रहमान शिब्लीले शतक प्रहार गरे। उनले १४९ बलमा १३ चौका र १ छक्काको मद्दतमा १२९ रन जोडेका थिए। चौधुर रिजवानले ६० रन र अरिफूल इस्लामले ५० रन बनाए।

बलिङमा युएईका अयमन अहमेदले ४ विकेट लिए।
यसअघि सेमिफाइनलमा युएईले पाकिस्तान र बंगलादेशले भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।

प्रतियोगितामा नेपालले पनि भाग लिएको थियो। नेपालले समूह चरणमा भारत, पाकिस्तान र अफगानिस्तान तीनै टिमसँग हार बेहोरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖