• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

तत्काल मन्त्रिपरिषद् हेरफेर बारे यसो भन्छन् मन्त्री शर्मा


  • धनकुटा खबर
  • .

काठमाडौं, १ पुस । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले तत्काल मन्त्रिपरिषद् हेरफेरको सम्भावना नरहेको बताएकी छन् ।

आज (आइतबार) मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले मन्त्रीहरुको हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् ।

‘जिम्मेवारी हेरफेर, सेट चेन्जका कुरा उठेका छन्, त्यस्तो कुनै छलफल भएको छैन,’– उनले भनिन् ।

बाहिर समाचारमा आएको जस्तो अहिले सरकार र गठबन्धन दलमा मन्त्री हेरफेरका बारेमा कुनै छलफलनै नभएको उनले बताईन् । वर्तमान सरकार आफ्नो उद्देश्य अनुसार अगाडि बढिरहेको समेत उनको दाबी छ ।

उनले सरकारले सुशासन, समृद्धि र सेवा प्रवाहलाई प्रभावकारी बनाउने कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖