• Sunday 4th of October 2026

भुटानद्वारा नेपाललाई ४० रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । आइसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोटमा भुटानले नेपाललाई ४० रनको लक्ष्य दिएको छ ।

मलेसियामा टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन बनायो ।

भुटानका लागि कप्तान डिन्चिन वान्ग्मोले २१ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि पुजा महतोले ३ तथा कविता कुवँर, खुसी डंगोल र कप्तान रुबिना क्षेत्रीले समान १/१ विकेट लिईन् ।

नेपाल लगातार तेस्रो जितका साथ सेमिफाइनल सम्भावना बलियो बनाउन चाहन्छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो ।

भुटान पहिलो खेलमा युएईसँग पराजित भएको थियो । दोस्रो खेलमा कतारलाई हराएको थियो । भुटान पनि दोस्रो जितका साथ सेमिफाइनल सम्भावना जिवित राख्न चाहन्छ ।

नेपालले चौथो खेलमा १८ गते कतारसँग खेल्दैछ । नेपालले समूह चरणको अन्तिम खेलमा १९ गते युएईसँग खेल्दैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖