• Thursday 8th of October 2026

भारतका अर्बपतिहरुलाई मन्टी देशाईको सन्देश, नेपाली क्रिकेट क्षेत्रमा कायापलट हुनसक्ने संकेत !


  • धनकुटा खबर
  • .

विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक हो, इन्डियन प्रिमियर लिग (आईपीएल) । आईपीएलको पहिलो संस्करण सन् २००८ मा आयोजना भएको थियो । १५ वर्षको अवधिमा आईपीएलले भारतीय क्रिकेटमा नयाँ प्रतिभाहरु उत्पादन गर्न निकै ठूलो भूमिका निर्वाह गर्दै आएको छ ।

अर्कोतिर, नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा भर्खर बामे सर्दै गरेको राष्ट्र हो । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) र एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले आयोजना गर्ने विभिन्न प्रतियोगितामा नेपाली टोलीले गहिरो छाप पनि छाडिसकेको छ ।

छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को उत्कृष्ट नतिजा दिन सफल नेपाली टोलीले विभिन्न प्रतियोगितामा टेस्ट राष्ट्रहरुविरुद्ध पनि गतिलो प्रदर्शन गरिसकेको छ । नेपाली टोलीले आईसीसी टी–२० विश्वकप पनि खेलिसकेको छ ।

सन् २०२४ मा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा पनि नेपाली टोली छनोट भएको छ । अहिले नेपाली टोलीको प्रमुख प्रशिक्षकको जिम्मेबारी पनि भारतकै मोन्टी देसाईले निर्वाह गर्दै आएका छन् । मोन्टीको पहलमा केही प्रतिभाशाली नेपाली खेलाडीले आईपीएलको आगामी संस्करण खेल्न पाउने
केही प्रभावशाली नेपाली खेलाडीले सन् २०२४ मा आयोजना हुने आईपीएलका लागि नाम पनि दर्ता गराएका थिए । यसपटक नेपाली क्रिकेटका लागि आईपीएल निकै महत्वपूर्ण पनि थियो । टी–२० विश्वकपभन्दा अगाडि आयोजना हुने भएकाले यसपटक आईपीएललाई विश्वकपको तयारी गर्ने गतिलो अवसरका रुपमा लिइएको थियो ।

प्रमुख प्रशिक्षकको नाताले मोन्टी देसाई पनि यही चाहन्थे । तर, दूर्भाग्य यसपटक नेपालका कुनै पनि खेलाडी आईपीएल क्लबहरुको रोजाइमा परेनन् । नेपाली खेलाडीलाई आगामी आईपीएलको मंगलबार हुने अक्सनका लागि घोषित अन्तिम सूचिमा समेत पारिएन् ।

त्यसपछि निराश देखिएका प्रमुख प्रशिक्षक मोन्टी देसाईले आईपीएलमा आबद्ध क्लबका मालिकहरुलाई कम्तिमा एकपटक नेपालको भ्रमण गर्न अनुरोध गरेका छन् । नेपाली क्रिकेटले सिमित साधन र स्रोतका बावजुद अन्तर्राष्ट्रिय क्रिकेटमा कसरी एकपछि अर्को सफलता हात पारिरहकेो छ भन्ने कुरा बुझ्न मोन्टीले आईपीएल क्लबका मालिकहरुलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

पेटको बोसोबाट छुट्कारा पाउने प्रभावकारी तरिका!
‘नेपालमा क्रिकेट निकै लोकप्रिय खेलको रुपमा विकास भइरहेको छ । नेपालले निकै छोटो समयमा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण सफलताहरु हात पारेको छ । यस्तो स्थितिमा नेपाली क्रिकेटको स्तरलाई अझ माथि उठाउनु हाम्रो पनि दायित्व हो । म आईपीएल क्लबका मालिकहरुलाई नेपाली क्रिकेटलाई नजिकबाट बुझ्न कम्तिमा एकपटक नेपाल भ्रमणका लागि अनुरोध गर्छु,’ हाल भारतमा रहेका मोन्टीले सञ्चारकर्मीसँगको कुराकानीमा भनेका छन् ।

मोन्टी भारतको आन्ध्र प्रदेश क्रिकेट टोलीका पूर्व प्रशिक्षक पनि हुन् । ‘नेपाली क्रिकेटको नजिकबाट नियालेपछि आईपीएल क्लबका मालिकहरु पक्के पनि प्रभावित हुनेछन् । एउटा असल छिमेकी नाताले नेपाली क्रिकेटलाई सहयोग गर्नु हाम्रो पनि दायित्व हो,’ उनले भनेका छन्, ‘तीन करोडभन्दा बढी जनसँख्या रहेको नेपालमा क्रिकेट भनेपछि हुरुक्कै हुने समर्थकको सँख्या निकै ठूलो छ । नेपाली क्रिकेट गरिएको लगानीले सबै पक्षलाई फाइदा हुन सक्छ ।’

आईपीएलमा आबद्ध फ्रेन्चाइज क्लबहरुका लागि अमेरिकाभन्दा नेपाल फाइदाजनक गन्तब्य हुनसक्ने धारणा पनि प्रशिक्षक मोन्टीले ब्यक्त गरेका छन् । हालसम्म नेपालका एक खेलाडी लेग–स्पिनर सन्दीप लामिछानेले मात्र आईपीएल खेलेका छन् । उनले दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्दै १३ विकेट पनि लिएका थिए । उनले पछिल्लो पटक सन् २०१९ मा आईपीएल खेलेका थिए ।

नेपालमा समयसमयमा बिभिन्न लिगहरु भएपनि केही धनाढ्यबाहेक अन्यले क्रिकेटमा लगानी गरिरहेका छैनन् । नेपालका खेलाडी कमजोर लिग संरचनाका कारण दिनहुँ बाहिरिन बाध्य छन् तर पछिल्लो समयको मन्टी देशाईको योजनाले बिदेशीहरुले लगानी गर्न नेपाल क्रिकेटमा झुम्मिने सम्भावना छ । किनकी क्रिकेटको ब्यापार दर्शकसँग जोडिएको हुन्छ । त्यो ब्यापार भौतिक या भर्चुअल जुनरुपमा पनि हुनसक्छ । नेपालका भौतिक र भर्चुअल दुबै रुपमा एसोसिएट राष्ट्रमा सबैभन्दा बलियो दर्शकको साथ छ । स्कटल्याण्डका तीब्र गतिका बलर (१५१ किमि प्रतिघण्टा )क्रिस्टोफर सोलले नेपालमा खेल्न आएका बेला नेपालमा यति खतरनाक क्रेज हुदाँहुदै लाखौ बिदेशी डलर नेपाल भित्र्याउनमा नेपालको सरकार चुकेको प्रतिक्रिया दिएका थिए । नेपालको अर्थतन्त्रमा क्रिकेटको भूमिका ठूलोहुनसक्ने भएकाले क्रिकेटलाई ब्याबसायिक बनाउन समेत उनले सुझाव दिएका थिए तर क्रिकेटमा अझै पनि प्रोफेसनालिज्मको अभाव छ । पुरानै शैलीमा नेपालमा क्रिकेट चलिरहेको छ । बिश्वब्यापीकरणको अहिलेको समयमा मन्टी देशाईको सुझाव एकदमै उत्कृष्ट देखिन्छ । नेपाली बिश्वको जुनसुकै कुनामा र बिश्वकोृ जुनसुकै कुनाबाट नेपालमा लगानी गर्न केह िकानुनी प्रक्रिया पुरा गरे अन्य झन्झट देखिदैन् । नेपालमा पनि आइपीएलका मालिकहरु लगानी गर्न आउँछन् भने सरकारी कानुनभित्र रही नेपाली खेलाडीको हित हुनेगरी लिग संचालन गर्ने बाटो खुल्ला गरिदिनुपर्छ । नेपालका कुनै पनि कर्पोरेटले कमजोर भौतिक संरचनाका कारण करोडौ लगानी गरेर लिग संचालन गर्न टिम खरिद गर्न डराउदै आएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖