• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

मन्त्री किरातीमाथि राजीनामा गर्न चौतर्फी दबाव


  • धनकुटा खबर
  • .

काठमाडौं। विवादस्पद अभिव्यक्ति दिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुनद किरातीमाथि राजीनामा दिन दबाव परेको छ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री किरातीले भनेका थिए-कार्यक्रममा उनले भनेका थिए ‘क्रिस्चियनलाई मान्दिन भन्नु चाहिँ संविधान मान्दिन भन्नु हो। संविधान मान्दिन भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हाल्दिने हो।’

८० प्रतिशत भन्दा धेरै हिन्दू धर्म मान्ने देशमा क्रिश्चियन धर्म नमान्नेलाई देशद्रोही भनेको र उनीहरुलाई हतकडी लगाएर जेलमा हाल्दिने अभिव्यक्ति दिएका किरातीमाथि राजीनामा दिन चौतर्फी दबाव बढेको छ।

राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले उनको विरोध गरेका छन् र तत्काल मन्त्रीबाट राजीनामा दिन सुझाव दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किराटीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका छन्। उनले सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै किरातीको अभिव्यक्ति सामाजिक सद्भाव र सहिष्णुता बलबल्याउने प्रकृतिको उत्तेजक, गैरजिम्मेवार पूर्ण रहेकाले पदको गरिमा जोगाउन राजनीतिमा दिनुपर्ने बताएका हुन्।

लामिछानेले लेखेका छन्-संस्कृतिमन्त्री सुदन किरातीको पछिल्ले अभिव्यक्ति, समाजिक सद्भाव र सहिष्णुता खलबल्याउने प्रकृतिको, उत्तेजक, गैरजिम्मेवार रहेकाले पदीय गरिमा विपरितको र अत्यन्तै खेदजनक छ। यस्तो गैरजिम्मेवार अभिव्यक्ति दिने र साम्प्रदायिक विद्वेष फैलाउने व्यक्ति संस्कृतिमन्त्री जस्तो जिम्मेवार पदमा कसरी बस्न मिल्ला? प्रधानमन्त्रीज्यू गम्भीर ध्यानाकषर्ण होस्।’

यसैगरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि मन्त्री किरातीको राजीनामा माग गरेका छन्।
थापाले सामाजिक संजालमा लेखेका छन्, ‘क्रिष्टियन धर्म नमान्ने सबै देशद्रोही हुन् भन्ने गैरजिम्मेवार अभिव्यक्ति दिने पर्यटन मन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्नुपर्छ। प्रम पुष्पकमल दाहाल प्रचण्डको ध्यान जाओस्। पदमा बसेर साम्प्रदायिक विद्वेष फैलाउने निजलाई कानुन बमोजिक कारवाही गरियोस्।’

यसैगरी नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

बास्कोटाले थुन्नै पर्ने देशद्रोही –अरु धर्म मान्ने) को संख्या करिव ९८ प्रतिशत रहेको उल्लेख गर्दै उनीहरुलाई थुन्न कत्रो जेल बनाउला त? भन्ने प्रश्न गरेका छन्।

‘संस्कृति मन्त्री किरातीले कत्रो जेल बनाउलान् त अब? उनले थुन्नै पर्ने राष्ट्रद्रोहीको संख्या –हिन्दु, बौद्ध मुस्लिमि आदि) करिव ९८ प्रतिशत रहेछ। माओवादी अरु कसैका लागि सेवा दिने मिसनरी उद्योग हो भन्ने फेरि प्रमाणित भयो। धर्म व्यक्तिगत स्वतन्त्रता हो। तर संस्कृति र सभ्यता देशको मौलिककता र पहिचान,’ उनले लेखेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖