• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

शहीद मार्ग छिटो बनाउन वर्षमानको नेतृत्वमा रोल्पाका जनप्रतिनिधिको डेलिगेशन


  • धनकुटा खबर
  • .

काठमाडौं । बजेट अभावका कारण निर्माणाधीन शहीद मार्ग निर्माणको काम ढिलो भएको भन्दै रोल्पाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।

रोल्पाका संघीय सांसद् एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन नेतृत्वको प्रतिनिधि मण्डलले बिहीबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसमक्ष रकम सुनिश्चितताका लागि आग्रह गरेको छ । आर्थिक वर्ष ०६४\०६५ देखि सुरू दाङको घोराहीदेखि रोल्पाको होलेरी-घर्तीगाउँ हुँदै पूर्वी रुकुमको हुकाम-मैकोटसम्मको शहीद मार्ग निर्माणको कामले अझै पूर्णता नपाएकोमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको नेता पुनले जानकारी दिए ।

उक्त सडकखण्डअन्तर्गत हाल होलेरी-दारबोट कालोपत्रेको कारणमा रहेको, दारबोट-घर्तीगाउँ-दुई खोली-खरिबोट खण्डमा कालोपत्रेका लागि ठेक्का भई काम सुरु भए पनि पर्याप्त बजेट अभावमा आयोजनाले अपेक्षित गति लिन नसकेको प्रधानमन्त्रीलाई जानकारी गराइएको छ । यस्तै हुकाम-मैकोट खण्डमा ट्रयाक खोल्नेबारे पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖