• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

छोरीज्वाइँको घरमा प्रचण्डको बास- यस्तो छ आज दिनभरको कार्यक्रम


  • धनकुटा खबर
  • .

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझबाट विराटनगरमा छन् । विराटनगरमा आजदेखि सुरु हुने अन्तर्राष्ट्रिय स्तरको मोरङ व्यापार सङ्घले आयोजना गरेको एक्स्पोको उद्घाटन गर्न प्रधानमन्त्री दाहाल विराटनगर आएका हुन् ।

उनी बिहीबार कान्छी छोरी तथा गंगा र ज्वाइँ जीवन आचार्यको विराटनगरस्थित घरमा बसेका हुन् । आचार्य कोशी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री समेत हुन् । प्रधानमन्त्री विराटनगर पोखरीयास्थित ठूलो मिल अगाडि रहेको आचार्यको घरमा बास बसेका हुन् ।

आज प्रधानमन्त्री दाहाल मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानमा पुगेर कार्यक्रममा सहभागी हुँदै छन् । आज बिहान १० बजे सुनसरीको इनरुवामा नेपाल विद्युत् प्राधिकरणको सब स्टेसनको उद्घाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले ४००, २२० १३२ र १३३ केभीए प्रणालीमा आधारित सब स्टेसनको उद्घाटन गर्नेछन् ।

त्यसपछि प्रधानमन्त्री दाहाल मोरङको मिक्लाजुङ जाने कार्यक्रम रहेको माओवादी मोरङका संयोजक विजय विश्वासले बताए । प्रधानमन्त्री मिक्लाजुङ गाउँपालिकाको कार्यालयमा साढे १२ बजे पुग्ने र त्यसपछि स्थानीयको घरमा खाना खाने कार्यक्रम रहेको गाउँपालिकाका उपाध्यक्ष दिनेश पौडेलले बताए ।

खानापछि प्रधानमन्त्रीले मिक्लाजुङ गाउँपालिका पार्टीले आयोजना गरेको आमसभालाई सम्बोधन गरी दिउँसो ३ बजे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटन गर्नेछन् । उनी आजै साँझ काठमाडौं फर्किने छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖