• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

प्रचण्डलक्षित रवि लामिछानेको टिप्पणी : चप्पल पड्काएर आएका नेताका नाति/नातिनीहरुको विवाह पाँचतारे होटलमा


  • धनकुटा खबर
  • .

काठमाडौं, ६ पुष । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेसम्म चुनाव जितेका नेताहरुले मात्रै जितेको र जनताले हारेको टिप्पणी गरेका छन् । स्याङ्जाको भीरकोटमा आयोजित पार्टीको कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले देश र जनताले हारेको टिप्पणी गरे ।

देश र जनताले हारेको कुरा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनहुँ हजारौंको संख्यामा युवाहरु विदेश पलायन भएको दृश्यले देखाएको उनको भनाई छ ।

उनले हिजो चप्पल पड्काएर आएका नेताका छोरा/छोरी र नाति नातिनीहरुको आज पाँचतारे होटलमा विवाह, ब्रतबन्ध र भोजभतेर गर्न सक्ने भएको र जनता आफ्नो उपचार गर्नको लागि घरबार बेचेर छोराछोरी विदेश पठाउन बाध्य भएको दाबी गरे ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖