• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जापानमा आइफोन १४ प्रो म्याक्ससहित ठूलो रकम ठगेर एक नेपाली फरार


  • धनकुटा खबर
  • .

जापानमा अध्ययनका लागि पुगेका एक नेपाली विद्यार्थी ऋण सेवामार्फत आई फोन १४ प्रो म्याक्स खरीद गरी तीन महिनादेखि फरार रहेका छन् ।

जापानको चिवा प्रान्तमा बस्ने आकाश कुँवरले फ्रेण्ड ट्र्रष्ट ईन्सटेन्ट लोन सेवाबाट २०२३ जुलाई १८ तारिकका दिन ३६ महिनाको किस्तामा भुक्तानी गर्ने गरी सम्झौता गरेर मोवाइल फोन तथा एनआईटिभीको ईन्टरनेट सेवामा ३ लाख जापानी येन भन्दा बढी रकम ठगेर फरार भएका हुन् ।

तीन महिनादेखि फरार रहेपछि उनको विवरण अनुसन्धान गर्दा निजले सम्झौता गर्दा पेश गरिएका जानकारी प्रायः झुट रहेको र उनको नियतनै ठगी गरेर भाग्ने रहेको खुलेको छ ।

बैंकबाट भुक्तानी गरिनु पर्ने मासिक किस्तामध्ये पहिलो किस्ता नै भुक्तानी नभएपछि कुँवरलाई पटक पटक बिल भुक्तानी गर्न ताकेता गरेको तर निज कहिले नेपाल कहिले जापानमा रहेको र छिटै बिल भुक्तानी गर्ने झुट जानकारी दिएका थिए।

२०२३ सेप्टेम्बर ९ देखि नै उनले सबै सञ्चारका माध्यम बन्द गरेर सम्पर्कमा नरहेपछि जापान प्रहरी समक्ष उजुरी गर्दा निज नेपाल गएको कुरा खुल्न आएको छ ।

मोटो रकम ठगी गरेर भागेपछि उनलाई कानुनी दायरामा ल्याउन जापानको प्रहरीको चोरी तथा ठगी विभाग र नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोमा ठगी सम्वन्धी कसुरमा रिपोर्ट गरिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖