• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

राणा शासन र पञ्चायत नै राम्रो थियो भन्ने भाष्य हामीलाई स्वीकार्य छैन : ओली


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ पुस । नेकपा एमालेकाअध्यक्ष केपी शर्मा अ‍ोलीले नेपालमा पुर्न राजतन्त्र फर्काउँछु भन्ने सपना नदेख्न राजावादीलाई चेतावनी दिएका छन् । मंसिर १४ गतेबाट सुरु भएर पुस १ गते समापन भएको एमालेको १८ दिने झुलाघाट चिवाभञ्ज्याङः समृद्धिका लागि संकल्प यात्राबारेमा जानकारी दिन आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले पछिल्लो नेपालको राजनीतिले अस्थिरता र निराशा जनतामा आइरहेको अवस्थामा यात्राले नैराश्य भावलाई चिर्ने काम गरेको पनि बताए ।

‘गलत भाष्य निरर्थक र असान्दर्भिक तुल्याएको छ’, ओलीको भनाइ छ । उनले राजनीतिलाई हिंसा, उत्तेजनालगायतका प्रवृतिलाई यात्राले निस्तेज पारेको ओलीको दाबी छ ।

उनले यात्रा सांस्कृतिक जस्तो समेत बनेको भन्दै आफूहरु जहाँ जहाँ पुग्यो त्यहाँका संस्कृतिबारे जान्ने मौका मिलेको बताए ।

‘संकल्प यात्रा अत्यन्तै उत्साहप्रद र सफल रह्यो । जनताको चासो, साथ सहयोग, समर्थन र स्वागत जुन कोणबाट हेर्दा पनि सफल नै सफल रह्यो’, उनले भने, ‘लाखौं मानिस प्रत्यक्ष सरिक हुनुभयो ।’

ओलीले राण शासन राम्रो थियो भन्ने भाष्य सिर्जना गर्न खोजिएपनि आफूहरुलाई त्यो भाष्य कदापी स्वीकार्य नहुने बताए ।

‘राणा शासननै राम्रो थियो र पञ्चायत नै राम्रो थियो भन्ने पनि भेटिन्छन्। त्यो ग्राह्य, स्वीकार्य हुन सक्दैनौं। हामी गलत भाष्यलाई चिर्न र नयाँ यथार्थ भाष्यलाई स्थापित गर्न यो यात्रा सफल भएको छ,’ ओलीले भने, ‘हामी सफल भएका छौँ। एउटा राजनीतिक रुपमा रहेको अस्थिरता, अन्यौल, निराशा जस्ता कुराहरूले जनतामा आइरहेको नैराश्यभावलाई यस यात्राले चिर्ने काम गरेको छ।’

ओलीले आयोजना गरेको विशेष पत्रकार सम्मेलन एमाले मूख्यालय च्यासलमा जारी छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖