• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

यात्राकै क्रममा १ सय ६ वटा स्टाटस लेखेछु : ओली


  • धनकुटा खबर
  • .

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’का क्रममा १ सय ६ वटा फेसबुक स्टाटस लेखेको बताएका छन्। सञ्चारकर्मीसँगको कुराकानीका क्रममा उठेका प्रश्नको जवाफमा उनले सञ्चारसँग सम्पर्कमै रहेको बताए।

ओलीले पहिलाजस्तो खबरहरूमा सम्पर्क रहेको बताए। ‘सुत्ने समय छोट्यायौँ। सञ्चारसँग हामी बेखबर रहेनौँ। मैले लगातार सम्प्रेषण गरिरहेका स्टाटस हेर्नुभयो होला,’ ओलीले भने, ‘यात्राकै क्रममा मैले १ सय ६ वटा स्टाटस लेखेको थिएँ। अरु हरेक साथीहरूले पनि लेख्नुभयो।’

मंसिर १४ गते पश्चिमी नाका बैतडीको झुलाघाटबाट झण्डोत्तलन गरी सुरु भएको एमालेको यो अभियान पुस १ गते पाँचथरको चिवाभञ्ज्याङसम्म चलेको थियो। अभियान अन्तर्गत एमालेले विभिन्न जिल्लामा आमसभाहरू गरेको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖