• Tuesday 6th of October 2026

क्रिसमस मनाइरहेको बाइडेनलाइ जब अमेरिकन एयरबेसमा हमला भएको सूचना दिइयो…


  • धनकुटा खबर
  • .

वासिङटन डिसी । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनलेअमेरिकी सेनाले सोमवार इराकमा इरान समर्थित लडाकुहरूले प्रयोग गर्ने तीनवटा लक्ष्यमा आक्रमण गरेको बताएका छन्।

उत्तरी इराकमा ड्रोन आक्रमणमा तीन अमेरिकी सैनिक घाइते भएपछि राष्ट्रपति जो बाइडेनको आदेशअनुसार इरान समर्थित मिलिशिया समूहहरू विरुद्ध बदला लिन ती आक्रमणहरू भएका हुन् ।

‘अमेरिकी सेनाले इराकमा कातेब हिजबुल्लाह र धेरै समूहहरूले प्रयोग गर्ने तीनवटा लक्ष्यहरूमा आक्रमण गरे,’ अस्टिनले एक विज्ञप्तिमार्फत भने।

उनले अगाडी भने, ‘यी सटीक हमलाहरू इराक र सिरियामा अमेरिकी अधिकारीहरू विरुद्ध इरानी प्रायोजित मिलिशिया आक्रमणको प्रतिक्रियाको रूपमा गरिएका हुन्। त्यसअघि कातेब हिजबुल्लाह जस्ता समूहहरूले अर्बिल एयर बेसमा आक्रमण गरेका थिए ।’

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले अर्बिल एयर बेसमा सोमवार भएको आक्रमणमा एकजना अमेरिकी सैनिक गम्भीर घाइते भएको बताइन् । यस आक्रमणको जिम्मेवारी इरान समर्थित मिलिशिया काताइब हिजबुल्लाहले लिएको थियो।

अमेरिकी राष्ट्रपतिलाई क्रिसमस मनाउने क्रममा सोमवार यस हमलाको जानकारी गराएपछि बाइडेनले यस हमलाको तुरुन्त जवाफ दिन निर्देशन दिएका थिए । र, लगत्तै सेनाले तयारी सुरु गरेर जवाफी हमला गरियो ।

इराकमा कटाइब हिजबुल्लाह लक्ष्यहरू आक्रमण गर्नका लागि लोयड अस्टिन र राष्ट्रिय सुरक्षा परिषद् टोलीले तीनवटा लक्ष्यहरूमा आक्रमण गर्ने योजना बनाएका थिए ।

अर्बिल एयरबेसमा भएको हमलाको लागि अमेरिकाले इरानलाई दोष दिएको छ । अमेरिकाले इरानले हमासलाई तालिम दिएको र आफ्ना धेरै समूहलाई मध्यपूर्वका विभिन्न ठाउँमा तैनाथ गरेको बताएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖