• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

चौधरी समूहका उपाध्यक्ष निर्वाण श्रीलंकाली बैंकको सञ्चालक समिति अध्यक्ष पदमा नियुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं । चौधरी समूहका उपाध्यक्ष समेत रहेका उद्यमी निर्वाण चौधरीले श्रील‌ंकाको यूनियन बैंक अफ कोलम्बोको अध्यक्ष पदको जिम्मेवारी सम्हालेका छन् । बै‌ंकले बिहीबारदेखि लागू हुने गरी चौधरीलाई युनियन बैंकको अध्यक्ष पदमा नियुक्त गरेको घोषणा गरेको छ।

चौधरी गत अक्टोबर २०२३ मा यूनियन बैंकको सञ्चालक समितिमा गैर-कार्यकारी, गैर-स्वतन्त्र निर्देशकको रूपमा नियुक्त भएका थिए। उनी सि‌ंगापुरमा मुख्यालय रहेको सिजि क्यापिटल पार्टनर्स प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा बै‌ंकमा प्रतिनिधित्व गरेका हुन् । काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर तहसम्मको अध्ययन पुरा गरेका निर्वाणले र लन्डन बिजनेस स्कूल, बेलायत र अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट उद्यमशीलता विषयमा समेत स्नातकोत्तर गरेका छन्।

युनियन बैंकको गैर कार्यकारी सदस्यमा यसअघि नै चौधरी समूहको तर्फबाट मलय मुखर्जी र नेपाली नागरिक सञ्जय पोखरेललाई समेत नियुक्त गरि सकेको छ। मुखर्जी युबिसीको सब्सिडियरी कम्पनी युबि फाइनान्सका अध्यक्ष र पोखरेल सदस्य समेत हुन् । अध्यक्ष पदमा नियुक्त निर्वाण र सदस्य पदमा नियुक्त मलय मुखर्जी दुबैजना नबिल बै‌ंक लिमिटेडको सञ्चालक समितिका सदस्य हुन् । नेपाली नागरिकको हैसियतमा विदेशी वाणिज्य बै‌ंकको सञ्चालक समितिको अध्यक्ष र सदस्य पदमा नियुक्तिको यो स‌ंभवत पहिलो अवसर हो ।

यूनियन बै‌ंकमा सिजि क्यापिटल पार्टनर्समार्फत् ७१ प्रतिशत शेयर खरिद गरेर चौधरी समूहले दक्षिण एशियाभित्र नेपाल बाहिरको मुलुकमा समेत बै‌ंकिङ सेवा क्षेत्रमा लगानी बिस्तार गरेको थियो । कल्चर फाइनान्सियल होल्डिङ्स प्राइभेट लिमिटेडको माउ कम्पनी टीपीजी एसिया (सिक्स) एसएफ प्रालिसँग कल्चर फाइनान्सियल होल्डिङ्स प्रालिको नाममा रहेको यूनियन बैंक अफ कोलम्बोको स्वामित्वको ७०.८४ प्रतिशत शेयर गत म‌ंसिर महिनामा खरिद गरेको थियो। सीजी क्यापिटल पार्टनर्स चौधरीको सीजी कर्प ग्लोबल र रविभक्त श्रेष्ठ अध्यक्ष रहेको आइजे ग्रुप(साबिक एनई ग्रुप) बीच सिंगापुरमा रहेको संयुक्त लगानीको निजी इक्विटी कम्पनी हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖