• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बारामा प्रधानाध्यापकको हत्या गर्ने भारतीय सुटरलाई गोली हानी पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रहरीले एक भारतीय सुटरलाई गोली हानी पक्राउ गरेको छ । बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको हत्या गर्ने समूहका मुख्य सुटर सुजित सिंहलाई नेपाल भारत सीमा क्षेत्रमा गाली हानी नियन्त्रणमा लिएको हो ।

सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले जनाएअनुसार आज साँझ उनलाई नियन्त्रणमा लिइएको हो । बाराका प्रअ स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । उनको खोजीमा प्रहरी परिचालन भएपनि सिंह भारततर्फ रहेकाले पक्राउ पर्न सकेका थिएनन ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖