• Sunday 4th of October 2026

एमाले प्रदेश अधिवेशन: राधाकृष्ण कँडेलले गराए उम्मेदवारी दर्ता


  • धनकुटा खबर
  • .

बुटवल । नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी अध्यक्षका लागि राधाकृष्ण कँडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

सहमतिमा नेतृत्व चयनको प्रयास विफल भएपछि कँडेलले उम्मेदवारी दर्ता गराएका हुन् । राजु प्रसाद श्रेष्ठलाई प्रस्तावक र भोजराज पोखरेललाई समर्थक बनाएर कँडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

कँडेलले आइतबार राति ८ बजे उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्षका लागि हरि रिजालले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । रुपन्देहीको बुटवलमा जारी नेकपा एमालेको प्रथम लुम्बिनी प्रदेश अधिवेशन नयाँ नेतृत्व चयन गर्दै भोलि सम्पन्न गर्ने तयारी छ । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार उद्घाटन गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖