• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

हामी मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो बनाउँछन् :झलनाथ


  • धनकुटा खबर
  • .

काठमाडौं,११ पुस । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले कम्युनिस्टहरू मिल्न नसके ०८४ को चुनावमा धुलोपिठो हुने सम्भावना औंल्याएका छन् ।

पार्टीको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका खनालले ०८४ को चुनाव कम्युनिष्टहरुका लागि राम्रो नहुने संकेत गरेका छन् ।

‘कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउन सकेनौँ भने ०८४ को चुनावमा वामपन्थीहरुलाई एक्लै बनाएर धुल्याउने योजना छ’, उनले भने, ‘कुन बाटोबाट हुन्छ, हामी एकतावद्ध हुने दिशामा जानुपर्छ। कम्युनिस्टको संगठनलाई जगैदेखि बलियो बनाउने गरी अघि बढ्नुपर्छ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖